Sagun Khabar
दार्चुलामा स्काभेटर दुर्घटना हुँदा तीनजना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ६ हुतीको दाहुतीमा स्काभेटर दुर्घटना भएको छ । स्काभेटर दुर्घटना हुदाँ चालक सहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

दार्चुला सदरमुकाम खलंगाबाट हुतीको पनीखालतिर गइरहेको से १ क ९६९ नम्बरको स्काभेटर मंगलबार साँझ दुर्घटनामा परेको हो । दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार स्काभेटर दार्चुला–तिंकर सडकबाट करिब ५० मिटर तल खसेको हो ।

घाइते तिनै  जनाको अवस्था समान्य रहेको छ । चालक सतिह दुईजनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ भने अर्का एकजना उपचारपछि घर फर्केका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update