Sagun Khabar
दार्चुलामा बुधबार ७६ जनाले कोरोना जिते 

दार्चुला–दार्चुलामा आज ७६ जनाले कोरोना जितेका छन् । जिल्लका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ७६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । नौगाड गाउँपालिकाका ४३ जना, व्यास  गाउँपालिकाका ३० जना र महाकाली नगरपालिकाका ३ जनाले बुधबार कोरोना जितेका हुन् ।

यस्तै बुधबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीयतहमा गरिएको एन्टीजेन परिक्षणमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

बुधबार थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ सय ४ पुगेको छ । बुधबार जिल्लाको नौगाड गाउँपालिकामा ४ जना, दुहुँ गाउँपालिकामा ३ जना, मार्मा गाउँपालिकामा २ जना र लेकम गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता  सुजन बोहराले जानकारी दिए  ।

कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुको महाकाली नगरपालिकामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा ८९ जनामा, अपिहिमाल गाउँपालिकामा १ सय ७ जनामा, ब्याँस गाउँपालिकामा ३० जनामा, दुहुँ गाउँपालिकामा ४४ जनामा, मार्मा गाउँपालिकामा ४४ जनामा, नौगाड गाउँपालिकामा ५४ जनामा, मालिकार्जुन गाउँपालिकामा २६ जनामा र लेकम गाउँपालिकामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा हाल सम्म कोरोना संक्रमणको कारण १० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update