Sagun Khabar
बझाङमा पहिरोका कारण तीन घर भत्किए

बझाङ- बझाङमा पहिरोका कारण तीन घर भत्किएका छन्। मंगलबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण बझाङमा तीन घर भत्किएका हुन्। जिल्लाको विकट साइपाल गाउँपालिकामा ठूलो क्षति भएको छ। दर्जनौं ठाउँमा पहिरो खसेर बाटाघाटा बन्द हुँदा एक गाउँ र अर्को गाउँबीच सम्पर्क विच्छेद भएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update