Sagun Khabar
अस्ताए वरिष्ठ लोकदेउडा गायक हरिशचन्द्र कडायत 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- वरिष्ठ लोकदेउडा गायक हरिशचन्द्र कडायतको निधन भएको छ । मस्तिष्क घातबाट धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गायक  कडायतको ५४ वर्षको उमेरमा निधन भएको हो ।

एक हप्ताअघि मस्तिष्क घातका कारण नवजीवन अस्पताल ल्याइएका उनलाई सेतीमा रेफर गरिएको थियो । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका गायक कडायत हाल गौरीगंगा नगरपालिका–६ वनबेहडा बस्दै आएका थिए ।

२०५० सालदेखि देउडा गायनमा सक्रिय रहेका कडायतका ‘कर्णालीका भेल’ ‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’ लगायत गीत चर्चित छन्।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update