Sagun Khabar
अक्सिजन सहयोग अभियानमा दार्चुला प्रहरी 

दार्चुला –जिल्ला प्रहरी कार्यालय दार्चुलाले अस्पतालहरुलाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत खाली तथा भरिएका सिलिण्डर संकलन गरी प्रहरीले अस्पताललाई हस्तान्तरण गरिरहेको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले शुक्रबार १० थान अक्सिजन सिलिण्डर अस्पताललाई हस्तान्तरण गरेको जिल्ला अस्पताल दार्चुलाका एनेस्थेसिया असिष्टेन्ट विपीन मिश्रले जानकारी दिए । उनले भने ‘प्रहरीले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेपछि अस्पताललाई कोभीडका बिरामीको उपचारमा सहज भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै ५ थान मार्मा गाउँपालिकास्थित कोभीड अस्पतालका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रहरीले अक्सिजन सिलिण्डर प्रदान गरेपछि तत्कालका लागि अस्पतालमा अक्सिजनको अभाव नभएको मिश्रले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update