Sagun Khabar
छात्राहरु बेहोस हुन थालेपछि बझाङको एक विद्यालय एक हप्ता बन्द 

बझाङ –बझाङको बित्थडचीर गाउँपालिका वडा नं १ स्थित केदार माविका छात्राहरु बेहोस हुन थालेपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । 

आइतबार २५ जना छात्रा बेहोस भएको सो विद्यालयमा सोमबार ६ जना छात्राहरु बेहोस भएका थिए । बेहोस भएका छात्राहरुमा २ घण्टापछि मात्रै होस आएको विद्यालयका प्रधानाध्यापक विष्णुसिंह बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक बोहराले बताए । 

बेहोस भएका केहि छात्राहरुको घरमा धामी बोलाएर सोधेपछि होसमा आएका शिक्षक  मुरलीधर अवस्थीले बताए । उनले भने,‘अघिल्ला बर्षहरुमा पनि यस्तो समस्या देखिएको थियो । अधिकांश छात्राहरु धामीझाक्रीलाई बोलाएपछि निको हुन्छन् । नजिकै मसानघाट रहेकाले स्थानियबासीले मसान लागेको आंशका गर्ने गरेका छन् ।’

छात्राहरुमा बेहोस हुने समस्या मास हिस्टेरिया भएको देउलेक प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ईश्वर बलामीले बताए । सबै छात्राहरु एकै ठाउँमा भएकाले यस्तो समस्या आएको हुन सक्ने उनले बताए । विद्यालयमै पुगेका बलामीले यो बिषयमा शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी समेत गराएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update