Sagun Khabar
दार्चुलाको जोलजीविमा सशस्त्र प्रहरीको भवन निर्माण हुँदै 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा नयाँ भवन निर्माण भइरहेको छ । आगमी असार मसान्तभित्र निर्माण सक्ने गरी भवन निर्माण भइरहेको हो ।  

भारतसँग सीमा जोडिएको जोलजीवीमा अहिले सशस्त्र प्रहरी भाडाको घरमा बसेको छ । सशस्त्र प्रहरीलाई आफ्नै ब्यारेकमा राख्नका लागि अहिले भवन निर्माणको काम भइरहेको हो ।

भवन निर्माणका लागि एक करोड बजेट विनियोजन भएको थियो । भवन निर्माणको जिम्मेवारी धुलिखेल प्याराडाइज एलबी कन्सट्रक्र्सनले पाएको छ । भवन निर्माणका लागि गत पुसमा निर्माण कार्य सम्झौता भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update