Sagun Khabar
दार्चुलामा यार्सा संकलनका लागि गएकी एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – अपी हिमाल गाउँपालिका–५ की एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा ज्यान गएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको ज्यान गएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि गएको वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई÷तीन दिनसम्म पेट दुख्न निको नभएपछि उनको ज्यान गएको आफन्तले बताएका छन् । मृतकको शवलाई आइतवार घर ल्याइएको छ ।

मृतकका दुई छोरा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरोमा परि ज्यान गएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update