Sagun Khabar
दार्चुलामा जेठ ३० गते सम्म निषेधाज्ञा थपिने 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा थप १० दिन निषेधाज्ञा लम्बिने भएको छ । कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधि थप गर्न सिफारिश गरेको हो । 

यसअघि जेठ २० गते सम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जेठ ३० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि थपिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । कोरोना भाईरसको संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update