Sagun Khabar
दार्चुलामा जेठ ३० गते सम्म निषेधाज्ञा थपियो 

दार्चुला –दार्चुलामा जेठ ३० गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभीड व्यवस्थापन समितिको सिफारिश अनुसार निषेधाज्ञाको अवधि थप गरेको हो । 

बुधबार सूचना प्रकाशित गर्दै जिल्लाभरी निषेधाज्ञाको अवधि जेठ ३० गते राती १२ बजे सम्म थप गरिएको जनाइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कोरोना भाईरसको संक्रमण रोकथाम र न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 


 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update