Sagun Khabar
बैतडीका राजेन्द्रको ‘बिगन रामको मादल’ सार्वजनिक

काठमाडौँ — बैतडी घर भएका कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, प्राध्यापक गीता त्रिपाठी र लेखक राजकुमार बानियाँलगायतले कृतिको विमोचन गरेका हुन् ।

विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो । प्रस्तोता राजकुमार बानियाँले वक्ताहरू श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गरेका थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

वक्ताहरुले कवि तारकिणीका कविता सशक्त रहेका बताएका छन् । कवितामा शासकप्रति चिन्ता नभएर आम मान्छेको चिन्ता चित्रण गरिएको बताइएको छ । 

शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ‚ जसमा ५४ कविता संग्रहित छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update