Sagun Khabar
दार्चुलामा सकेट बम फेला पर्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा सकेट बम फेला परेको छ । जिल्ला सदरमुकाम खलंगास्थित खुलामञ्चमा वेवारिसे अवस्थामा २ फिट लम्बाइ र ६ इन्च मोटाइ भएको सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए ।

मजदुरले खुलामञ्चको मध्य भागमा फिल्ड निर्माण गरिरहेका बेला बम फेला परेको चन्दले बताए । अहिले नेपाली सेनाको टोलीले बम निष्कृय पार्ने काम गरिरहेको सूचना अधिकारी चन्दले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update