Sagun Khabar
बझाङमा एक युवक मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ- बझाङमा एक युवक मृत फेला परेका छन् ।  जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा युवक मृत फेला परेका हुन्।  

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार बिहानै रताली टोलमा ४६ वर्षका प्रकाश जोशी ( अम्मराज जोशी) मृत भेटिएका थिए।

बिहान करिब  ८ बजेतिर स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update