Sagun Khabar
निर्माण व्यवसायी संघ दार्चुलाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –निर्माण व्यवसायी संघ दार्चुलाले जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पताल दार्चुलालाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना महाकारी रोकथाम तथा नियन्त्रणको लागि जिल्ला अस्पताल र गोकुलेश्वर प्राथमिक अस्पताललाई अक्सिजन सिलिण्डरल लगायत  स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

शुक्रबार निर्माण व्यवसायी संघका उपाध्यक्ष जयबहादुर पाल नेतृत्वको टोलीले जिल्ला अस्पताललाई ४–४ थान अक्सिजन सिलिण्डर र रेगुलेटर, ४ प्याकेट गलोब्ज, १४ प्याकेट मास्क र १० वटा पिपिई सेट हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामग्री जिल्ला अस्पताल दार्चुलाका डाक्टर पूजा बमलाई हस्तान्तरण गरिएको छ ।

यस्तै निर्माण व्यवसायी संघका अध्यक्ष महेशसिह धामी नेतृत्वको टोलीले ४ –४ थान अक्सिजन सिलिण्डर र रेगुलेटर, ४ प्याकेट गलोब्ज, १४ प्याकेट मास्क र १० वटा पिपिई सेट गोकुलेश्वर अस्पताललाई हस्तान्तरण गर्न लागेको निर्माण व्यवसायी संघका सचिव विनोदसिह बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update