Sagun Khabar
जिल्ला अस्पताल दार्चुलाद्वारा अक्सिजन प्लान्ट खरीद प्रक्रिया शुरु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला  –जिल्ला अस्पताल दार्चुलाले अक्सिजन प्लान्ट खरिद प्रक्रिया अघि बढाएको छ । अस्पतालका अनुसार इबिडिङको माध्यमबाट १५ दिने बोलपत्र आह्वान गरिएको हो ।  अस्पतालमा अक्सिजन सप्लाई, जडानलगायतको कार्यको लागि बोलपत्र आह्वान गरिएको जनाइएको छ ।

अस्पतालसंग अहिले साना ठूला गरी ६५ वटा अक्सिजन सिलिण्डर रहेका र नेपालगञ्जलगायतका ठाउँबाट भरेर ल्याउने गरेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update