Sagun Khabar
दार्चुलाको छाङरु र तिंकरमा डिआइजी नेतृत्वको टोली पुग्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रकाश अधिकारी नेतृत्वको टोली दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र रहेको व्याँस गाउँपालिकाको वडा नम्बर १ को छांगरु र तिंकरमा पुगेको छ ।

भारतको अतिक्रमित क्षेत्र नजिकै बस्ने नेपाल प्रहरीको अहिलेको अवस्थाबारे जानकारी लिन उहाँ नेतृत्वको टोली त्यहाँ पुगेको हो । अहिले सीतापूलमा प्रहरीको भवन निर्माण सुरु हुँदै छ । भवन निर्माणको अवस्था, प्रहरीले भोग्नुपरेको समस्याबारे जानकारी लिन पहिलोपटक डिआईजी अधिकारी तिंकर प्रहरी चौकी पुगेका हुन् ।

निरीक्षणको क्रममा डिआइजी अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताए  । डिआइजी अधिकारीसँगै व्याँसको निरीक्षणको लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update