Sagun Khabar
दार्चुलामा यार्सा संकलन गर्दा लडेर एक विद्यार्थीको मृत्यु 

दार्चुला –दार्चुलामा यार्सागुम्बा संकलनको क्रममा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिह धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका धामीको भीरबाट लडेर शनिबार मृत्यु भएको नौगाड गाउँपालिका ४ का अध्यक्ष नन्दनसिह धामीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

जेठ पहिलो साता यार्सागुम्बा संकलनको लागि आफ्ना काका रघुबीरसिह धामीसँगै  महेश लोलु पुगेका थिए । मृतक गणेश विनायक मावि सिप्टीमा कक्षा १२ मा अध्ययनरत रहेका थिए ।

यो वर्ष यार्सागुम्बा संकलनको क्रममा तीन जना अपिहिमाल गाउँपालिका र १ जना नौगाड गाउँपालिकाका संकलकको मृत्यु भईसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update