Sagun Khabar
प्रहरीद्वारा जिल्ला अस्पताल दार्चुलालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला–जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्ला अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले आइतवार जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आदर्श लिम्बुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्  ।

प्रहरीलाई सेभ नेपाल फ्रम कोभिड–19 ग्लोबल अलाइन्स फन्ड नामक संस्थाद्धारा यी मेसिन प्राप्त भएका हुन् । अस्पतालहरुमा अक्सिजनको अभाव नहोस भनेर प्रहरीले जिल्लामा संचालित विभिन्न जलविद्युत परियोजना, ग्यारेज तथा अन्य कम्पनीसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन गरि बुझाउने गरेको छ ।

जिल्ला  अस्पतालमा अहिले ८ थान अक्सिजन कन्सन्ट्रेटर रहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update