Sagun Khabar
दार्चुलाको व्यासमा फल्न थाल्यो स्याउ 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ । कालापानी कृषि तथा पशुपालन फर्मले गत वर्षबाट स्याउ खेती शुरु गरेको थियो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन फर्मका अध्यक्ष चरनसिह बुढाथोकीले बताए ।

पहिलो वर्ष एक हजार ५ सय बोट स्याउ खेती परीक्षणका रुपमा लगाइएको हो । फर्मले कृषि ज्ञान केन्द्र दार्चुलामार्फत २१ लख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यो वर्ष १ हजार ७ सय बोट स्याउँ अनुदान बाहेक सरकारी लगानी पाइएको छैन । दार्चुला तिंकर सडक निर्माण सयमै हुन सकेमा बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरी पुर्याउन सहज हुनेछ ।  

व्यास गाउँपालिका १ छांगरुमा पनि हजारौं बोट स्याउ लगाइएको छ । सो ठाउँमा उत्पादन हुने स्याउँ सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीलाई बिक्री हँुदै आएको छांगरुका स्याउँ उत्पादक जीतसिह बोहराले बताए । नेपालतिर बजार पुर्याउन बाटो घाटो अभाव रहेको उनले बताए ।      
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update