Sagun Khabar
बझाङमा लात हानेर मतपेटिका फुटाइयो 
फाइल फोटो

बझाङ –बझाङमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन् । फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको जनाइएको छ । 

स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको मतदान अहिले सुचारु भएको छ । 

बझाङको केदास्यु गाउँपालिका वडा नम्बर १ बेताल माध्यमिक विद्यालय, रातापानीमा बिहान साढे ९ बजेदेखि रोकिएको मतदान पुनः शुरु भएको हो । स्वतन्त्र उम्मेदवारका प्रतिनिधि कमल भण्डारी र माओवादी उम्मेदवारका प्रतिनिधि कुमार भण्डारीबीच विवाद उत्पन्न भएपछि मतपेटिकालाई लात हानेर फुटाइएको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update