Sagun Khabar
बझाङमा झडप रोक्न खोज्दा एक प्रहरी घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङको छविस पाथिभेरा गाउँपालिका – १ गुरेलथुमको मष्टा आवि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाइ फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको छ । हवाइ फायर गर्ने क्रममा गोली लागी एक प्रहरी हवल्दार घाइते भएका छन् ।

ती घाइते हवल्दारको उद्धारका लागि अहिले जिल्ला प्रहरी कार्यालयबाट एम्बुलेन्स सहितको प्रहरी टोली मतदान केन्द्रतर्फ गइरहेको छ । उक्त मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । 

झडप रोक्नका लागि प्रहरीले गरेको हवाई फायर गर्दा चलाएको गोली भित्ता लागेर फर्किदा एकजना प्रहरी हवलदारको खुट्टामा लागेको हो । घाइते प्रहरी हवलदारको पहिचान खुलेको छैन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update