Sagun Khabar
बझाङमा मंगलबारदेखि मतगणना 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ – बझाङमा भोलि मंगलबारदेखि मतगणना सुरु हुने भएको छ । जिल्लाको विकट साईपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मात्रै मतगणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

साईपाल गाउँपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदलबाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा ल्याइएको छ ।  केही क्षेत्रबाट भने आज सोमबार हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो ।

हेलिकप्टर मंगलबार बिहान आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । जिल्ला भरी ५२ प्रतिशत मत खसेको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update