Sagun Khabar
बझाङमा भीरबाट लडेर एक महिला घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका वडा नं ५ कि २७ वर्षिया मालती बोहरा आइतबार बिहान घर नजिकै पातिलेक भन्ने जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।

घाइते बोहराको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । घाइतेको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । बोहराको घरमा आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन उनका श्रीमान धर्बिन्द बोहराले अनुरोध गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update