Sagun Khabar
भीरबाट लडेर घाइते भएकी बझाङकी मालतीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ – भीरबाट लडेर गम्भीर घाइते भएकी बझाङकी मालती बोहराको मृत्यु भएको छ । सुर्मा गाउँपालिका ५ घर भएकी बोहरालाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

आइतबार बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर २७ वर्षीया मालती  गम्भीर घाइते भएकी थिइन  । घाइते  बोहराको  जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि उनलाई धनगढी रेफर गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update