Sagun Khabar
प्रकाश कलौनीले ल्याए ‘मेरा बाबा’ देउडा गीत 

बैतडी – कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका लोक स्रष्टा प्रकाश कलौनीले ‘मेरा बाबा’ नामक देउडा गीत बजारमा ल्याएका छन् । चर्चित गायक गोपाल दयालको स्वरमा सजिएको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडालाई शब्द मार्फत व्यक्त गरेका छन् । 

काठमाडौंस्थित म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गीत बजारमा ल्याएको हो । बैतडीको साबिक शर्माली गाबिस–१ डिस्लानीमा २०२३ सालमा जन्मिएका प्रकाशका बुवा भानदेव कलौनीको जीवन निक्कै संर्घषमय रह्यो । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण धेरै वर्ष भारतमा काम गरेपछि उनी स्वदेश फर्किएर नेपाल विद्युत प्राधिकरणको जागिरे भएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

अछाम सरुवा भएका बेला हेराली अर्थात ज्योतिषी कार्य शुरु गरेका भानदेवले प्रख्यात ज्योतिषको रुपमा पनि आफ्नो परिचय बनाएका थिए । २०७९ साल जेठ १८ गते प्रकाशका बुवा भानदेव कलौनीको निधन भएको थियो । बुवाको निधनले मर्माहत भएका प्रकाशले गीतमा त्यहीँ पीडा व्यक्त गरेका छन् । 

नारायण दंगालको एरेन्जमा आएको उक्त गीत प्रेम दिप रामजालीले मिक्स÷ मास्टर गरेका हुन् । प्रकाश परिवारको जेठो छोरा हुन् । सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत संगीतलगायत रचनात्मक कार्यमा सक्रिय प्रकाशले यसबीचमा धेरै चर्चित गीतको रचना गरिसकेका छन् । 

‘गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी पृयसी...’ लगायतका बहूचर्चित डेउडा गीत रचना गरेका प्रकाशले अहिले ‘मेरा बाबा’ देउडा गीत बजारमा ल्याएका हुन् । 

प्रकाशले लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, डेउडा खेलहरूको पनि आफ्नो यूटयूब च्यानलमार्फत प्रर्वद्धन गरिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update