Sagun Khabar
बैतडीकी कल्पना बिष्टको पहिलो गीत सार्वजनिक 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधार घर भएकी बाल गायिका कल्पना बिष्टको पहिलो गीत सार्वजनिक भएको छ । बुधबार लोक दोहोरी गायक बिष्णु खत्रीको युट्युव च्यानल मार्फत ‘गैरीखेतलाई कुलो’ बोलको गित सार्वजनिक भएको हो ।

बिष्णु खत्रीको लय तथा शब्द रहेको गीतमा बाल कलाकार कल्पना बिष्टसंगै गायक अर्जुन सापकोटाले आवाज दिएका छन् । कृष्ण केसीले एरेन्ज गरेको गीतको कोरीयोग्राफ र भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् । गीतमा गीता ढुंगाना, बिनम्र खत्री सहित गायक अर्जुन सापकोटा र कल्पना बिष्टको अभिनय रहेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

सो गीतको भिडियो सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीले गरेका छन् । पहिलो गीतमा आवाज दिएकी बिष्ट टिकटकममा भाइरल भएकी थिइन् । स्वरमा जादु रहेकी बिष्टको आवाज सगुन अनलाइन टीभी मार्फत प्रशारण समेत गरिएको थियो । 

https://www.youtube.com/watch?v=Ubm7DWRSrg4
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update