Sagun Khabar
दार्चुलामा असार १० गते सम्म निषेधाज्ञा थपियो 

दार्चुला –जिल्ला प्रशासन कार्यालय दार्चुलाले असार १० गते सम्मका लागि निषेधाज्ञा थपेको छ । जिल्ला कोभीड व्यवस्थापन समितिको सिफरिश अनुसार आगामी असार १० गते सम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

यसअघि जेठ ३० गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि थप गरिएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै निषेधाज्ञाको समयमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर बजार बिहान ६ देखि १० बजे सम्म खोल्न पाइने उल्लेख गरिएको छ ।

यस्तै बैंक तथा बित्तीय संस्था बिहान साढे ९ बजेदेखि दिउँसो १ बजे सम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update