Sagun Khabar
दार्चुलाको गोकुलेश्वर अस्पताल तनावग्रस्त, दुईजना प्रहरीको नियन्त्रणमा
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर अस्पतालबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अस्पतालमा कार्यरत चिकित्समाथि हातपात गर्न खोजेको र अस्पतालमा तोडफोड गर्न खोजेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिका ६ चौंसेराका नरेन्द्र नाथ र लोकेन्द्र नाथलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

शनिबार राती शैल्यशिखर नगरपालिका वडा नम्बर १ कि २७ वर्षीया गर्भवती महिला सुत्केरी हुने क्रममा नवजात शिशुको ज्यान गएको थियो । शिशुको अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए । समान्य रुपमा सुत्केरी हुन नसकेपछि ती महिलाको अप्रेशन गरेर बच्चा जन्माइएको थियो । बच्चा पेटभित्रै मरेको चिकित्सकले बताएका छन् । यो घटनामा अस्पतालको कुनै कमजोरी नभएको अस्पताल प्रशासनले जनाएको छ । 

आइतबार दिउँसो गोकुलेश्वर अस्पताल प्रशासन, प्रहरी, पिडित पक्ष र शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय सुरेन्द्रबहादुर बिष्ट बीच घटनाका बिषयमा छलफल भएको छ । यो बिषयमा छलफल चलिरहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update