Sagun Khabar
बाजुरामा खोलाले बगाएका एकजनाको शव भेटियो, एकजना अझै बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा–बाजुरामा खोलाले बगाएर वेपत्ता भएका एक जनाको २ दिनपछि शव भेटिएको छ भने अर्का अझै वेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला लुहारको शव भेटिएको हो ।

उनको शव मंगलबार भेटिएको प्रहरीले जनाएको छ । यस्तै त्रिवेणी नगरपालिका–५ किम्नीका  १३ वर्षीय कमल बुढा भने अझै वेपत्ता रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update