Sagun Khabar
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढीको बितण्डा

काठमाण्डौ –  मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहसनहस भएको छ ।

हिजो दिउँसोदेखिको बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको हो । हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । प्रहरीले सात जना सम्पर्कविहीन भएको जानकारी दिएको छ ।

बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठुलठुला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले ५० जना भन्दा धेरै वेपत्ता भएको बताए । बिजुली र सञ्चार सम्पर्क नहुँदा सूचना संकलनमा कठिन भइरहेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले  जानकारी दिए ।

Atrya hospital

‘मेलम्ची क्षेत्रको अवस्था कल्पनै गर्न नसकिने छ, बिजुली र सञ्चार सम्पर्क छैन, हामी माताहतका प्रहरीलाई पनि सम्पर्क गर्न कठिन भएको छ, अहिले सीडीओसहितको बैठक बसेर के गर्ने भन्ने छलफल गर्दैछौँ’ एसपी अधिकारीले भने । बाढीले पुल, सडक,घरटहरा, खानेपानी आयोजना, क्रसर लगायतका संरचना बगाएको छ ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update