Sagun Khabar
बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएकी युवतीको पहिचान खुल्यो 

बझाङ –बझाङमा ट्रकले मोटरसाइकल ठक्कर दिँदा मृत्यु भएकी युवतीको पहिचान खुलेको छ । मृत्यु हुनेमा जिल्लाको दुर्गाथली गाउँपालिका ३ घर भई हाल केदारस्युँ गाउँपालिका ९ रैकल बस्दै आएकी २५ बर्षीया अमृता खत्री रहेकी छन् । 

सोमबार बिहान जिल्लाको केदारस्युँ गाउँपालिका ४ को बजुवा बगरमा सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले सुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार खत्रीको घटनास्थलमै मृत्यु भएको हो थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

धनगढीबाट बझाङका लागि छुटेको ट्रकले सोमार बिहान मोटरसाइकलाई ठक्कर दिएको हो ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । 

मृतक महिला एक गैरसरकारी संस्थामा काम गर्र्दै आएकी थिइन् । संस्थाको कामका लागि उनी फिल्ड गइरहेका बेला दुर्घटनामा परेकी हुन् । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update