Sagun Khabar
महाशिवरात्रीको अवसरमा बैतडीको गेरडा शिवधाममा देउडा प्रतियोगिता हुने 
फाइल फोटो

बैतडी –महाशिवरात्रीको अवसर पारेर बैतडीको मेलौली नगरपालिका–२ गेरडा शिवधाममा देउडा प्रतियोगिता हुने भएको छ । यही फागुन ५ गतेका दिन गेरडा शिवधामको प्रांगणमा देउडा प्रतियोगिता हुने गेरडा शिवधाम व्यवस्थापन समितिले जनाएको छ । 

देउडामा प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुले भगवान शिवको महिमाको वर्णन हुने गरी देउडा गाउनुपर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । देउडा प्रतियोगितामा सहभागी हुन चाहनेहरुले फागुन ५ गते बिहान १० बजेभित्र नामदर्ता गरिसक्नुपर्ने समितिका सदस्य विवेकानन्द पाण्डेयले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार, तेश्रो हुनेलाई २ हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुई जनालाई ५÷५ सयका दरले पुरस्कार प्रदान गरिने पाण्डेयले बताए । 

देउडा प्रतियोगिताका साथै फागुन ६ गते महाशिवरात्रीको अवसरमा शिवाधाम रुद्राभिषेक सहित पूजाआजा हुने समितिले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update