Sagun Khabar
बाजुरामा झोलुंगे पुलहरु जोखिममा 

बाजुरा –लगातारको वर्षाका कारण बाजुराको बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् ।

जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी पुुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत गर्न समस्या भएको छ । पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ। गत वर्ष साउन २५ गते बुढीगङ्गामा आएको बाढीले चार वटा झोलुङ्गे पुल बगाएको थियो भने नदीमा रहेका दर्जनौँ पुल उच्च जोखिममा परेका थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

जोखिममा परेका पुललाई व्यवस्थापन तथा मर्मत नगर्दा वर्षा सुरु भएयता दर्जनौँ पुल बाढी र पहिरोको उच्च जोखिममा रहेको बडिमालिका–२ का वडाध्यक्ष डम्मर महतले बताए ।

कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल सधैँ वर्षाको समयमा जोखिम बन्ने गरेको छ । त्योसँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् । बाजुराको उत्तरपूर्वी क्षेत्रका वाई र वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, बाजुराको रुगिन र मुगु जोड्ने पुल तथा बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेको स्वामीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए  ।

अछाम र बाजुरा जोड्ने पुल, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुली खोला, पानीलाउला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुङ्गे पुल पनि जोखिममा बनेको स्थानीयवासीले बताएका छन्। अन्य विकल्प नभएपछि ज्यानै बाजी राखेर पुलमार्फत आवतजावत गर्नुपरेको बडिमालिका–२ का स्थानीयवासी करवीर नाथले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update