Sagun Khabar
बैतडीका धार्मीक तथा पर्यटकिय स्थलको बर्णन गरिएको गीत ‘पाताल भुवनेश्वर’ बजारमा

बैतडी- बैतडीको धार्मीक तथा पर्यटकिय स्थल पाताल भुवनेश्वरको बर्णन गरिएको गीत बजारमा आएको  छ । जिल्लाको  दोगडाकेदार घर भएका चर्चित देउडा गायक भानुभक्त जोशीले धार्मीक तथा पर्यटकिय स्थल पाताल भुवनेश्वरको बर्णन गरिएको गीत बजारमा ल्याएका हुन् ।

गायक जोशीको शब्द सिर्जना तथा तथा लयमा तयार गरिएको यो गीतमा गायिका गौरी भट्टले पनि स्वर दिएकी छिन्। जोशीले जिल्लाका सबै धार्मीक स्थलहरुलाई समेटेर गीत तयार पारेका छन् ।यसले यहाँका धार्मीक स्थलहरुको प्रचारप्रसार भएर धार्मीक पर्यटन बढ्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

पाताल भुवनेश्वर नामक गीत निरन्तर मिडियाको युटूयुब च्यानलबाट  सार्वजनिक भएको हो । यो गीतमा भानुभक्त जोशीको शब्द तथा लय संगीत रहेको छ ।  एबीबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमको भूवन बडूले संगीत संयोजन गरेका छन् भने मिक्सिङ अशोक विष्टले गरेका छन् ।

भिम थापाको निर्देशनमा तयार पारिएको उक्त गीतको छायांकन नरेश एरले गरेका छन् । यस्तै बिनोद बमले सम्पादन गरेका छन् भने साइनो फिल्मस् प्रालिले दृश्य निर्माण गरेको छ । अभिनयमा भानुभक्त जोशी, अकोश, सुरेन्द्र, धुव्र, लोकेन्द्र, जनक, विष्णु, सरु र प्रतिमाले साथ दिएका छन् । 

लामो  सयम देखि गीत संगितको  क्षेत्रमा रहेका गायक जोशीले  सूदूर चिनाउन कलम चलाइरहेका छन् । बैतडीका धार्मीक तथा पर्यटकिय स्थलहरुको  बर्णन सहित तयार पारिएको यो गीतले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने  विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update