Sagun Khabar
दार्चुलाको मार्मामा चरेश सहित एकजना पक्राउ 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको मार्मामा चरेशसहित एक पक्राउ परेका छन् । मार्मा गाउँपालिका ४ का ४३ वर्षीय पदमसिह विष्ट २८ ग्राम चरेशसहित पक्राउ परेका हुन् ।

मार्मा गाउँपालिकाको लटिनाथमा खुद्रा पसल सञ्चालन गर्दै आएका बिष्टलाई प्रहरीले चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

बिष्टलाई इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका विष्टमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update