Sagun Khabar
बाढी आउन सक्ने भएकाले सतर्क रहन दार्चुला प्रशासनको आग्रह 

दार्चुला –लगातारको पानीले दार्चुलाका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ । महाकाली नदीमा पानीको बहाव बढदै गएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

 प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गदैँ वर्षाका कारण महाकाली नदीमा पानीको सतह खतराको तहसम्म पुग्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सजकता अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाका अन्य नदी खोलाहरुमा बाढि आउन सक्ने सम्भावना रहेकाले जिल्लाबासीहरुमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update