Sagun Khabar
बैतडीका बिसीको स्वर र एलीसाको अभिनय रहेको‘मेरो प्यारो डैँसिली गाउँ’ बजारमा 

दिपक महरा- बैतडी- बैतडीकी पन्तले अभिनय गरेको देउडा गीत बजारमा आएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १० डैँसिली घरभएकी एलीसा पन्तले अभिनय गरेको ‘मेरो प्यारो डैँसिली गाउँ’ बजारमा आएको हो ।

नृत्य तथा गीतसंगीतमा रुची राख्ने एलिसाले पहिलो  पटक देउडा गीतको भिडियोमा अभिनय गरेकी हुन् । जय संगीत म्युजिक युटूब च्यानबाट सार्वजनिक भएको गीतमा उनी संगै डोटीका जया रोकायाले पनि अभिनय गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो गीतमा डैँसिली गाउँको वर्णन गरिएको छ भने सोही ठाउँका दृश्य भिडियोमा देखाइएका छन् । डैँसिली नै घर भएका गायक पदम बिसीको शब्द संगीतमा रहेको यो गीतमा पदम बिसी  र गौरी भट्टले सोर दिएका छन् ।

अभियनयमा आफनो रुचि रहेको र अन्य भिडियोको  लागि पनि तयारी भइरहको पन्तले बताइन् । 

भिडियो सहितको गीत हेर्न यो  लिंकमा थिच्नुहोस् https://www.youtube.com/watch?v=khgVCTZ3aOw

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update