Sagun Khabar
धनगढीमा एकल लोक गायन प्रतियोगिता सुरु

कैलाली –धनगढीमा एकल लोक गायन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान, सुदुरपश्चिम र सामाजिक विकास मन्त्रालयकोे समन्वय तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा धनगढीमा शनिवारदेखि प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता सुरु भएको हो । 

‘नव प्रतिभाको पहिचान, लोक संस्कृति संरक्षणका लागि हाम्रो अभियान’ भन्ने नारासहित प्रदेशभरीकै लोककला संरक्षण र पर्यटन प्रबद्र्धन गर्न प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता आयोजना गरिएको हो । कैलाली जनपुस्तकालयको हलमा सुरु भएको लोक गायन प्रतियोगिताको उद्घाटन पूर्व राज्यमन्त्री टेकबहादुर रैकाले गरेका थिए । 

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल सुदुरपश्चिमले प्रदेशका कुना कन्दरामा लुकेका कला प्रतिभालाई अगाडि ल्याउने उदेश्यले प्रतियोगिता सञ्चालन गरेको  देउडा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष सुरत रावत (डोटेलीकान्छा)ले जानकारी दिए ।  

Atrya hospital

लोक गायन प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट प्रतियोगीलाई सहभागी गराइएको छ । प्रदेशका प्रत्येक जिल्लाबाट १–१ जना गरी ९ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । 

प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छ । यस्तै द्वितीय हुने २० हजार नगद, ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update