Sagun Khabar
बाजुरामा ढुंगा लागेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा ढुंगा लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update