Sagun Khabar
नेपालमा काेराेनाकाे 'डेल्टा' र 'अल्फा' भेरियन्ट पुष्टि

काठमाण्डाै – नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे थप नयाँ भेरियन्ट पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो । 

वैशाख २६ देखि जेठ २० सम्म देशभरबाट सङ्कलित नमुनाकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा छनाेट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनकाे नेपालमा रहेकाे कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयकाे सहयाेग र समन्वयमा भारतकाे नयाँ दिल्लीमा रहेकाे आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएकाे थियाे । ती नमुनाकाे जिनाेमिक पहिचान गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएकाे र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नाै वटामा थप उत्परिवर्तन के ४१७एन म्युटेशन भेटिएकाे र यसलाई एवाई.१ नाम दिइएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिए । अहिलेसम्म याे म्युटेशन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । 

याेसहित नेपालमा अहिलेसम्म भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update