Sagun Khabar
एमाले रोजेका पालिकाका १४ जनप्रतिनिधिलाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगमा माओवादीकाे पत्र

काठमाण्डाै – माओवादी केन्द्रले नेकपा विभाजनपछि एमाले रोजेका पालिकाका जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा पत्र बुझाएको छ । एमाले राेजेका माओवादी पृष्ठभूमिका पालिकाका १४ जनप्रतिनिधिलाई पदमुक्त गराउन माओवादी केन्द्रले विवरणसहित पत्र आयोगमा बुझाएको हो ।

साेमवार बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारबाहीको पत्र बुझाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि पार्टी त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । माओवादी केन्द्रले यसअघि पनि निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको भए पनि आयोगले केन्द्रीय कमिटीकाे बैठकले कारबाहीको निर्णय नभएको भन्दै पार्टी परित्याग गरेको सूचना जारी गरेको थिएन ।

पार्टीबाट हटाइएका नेताकाबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै हिजो माओवादी केन्द्रका नेताहरू आयोगमा पुगेर ध्यानाकर्षण गराएका थिए । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update