Sagun Khabar
नेपालमा सोमबार ३ हजार बढी संक्रमणमुक्त

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा दुई हजार दुई सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ८३ जनाको आरटी/पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार पाँच सय ८४ जनामा र चार हजार तीन सय २१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

पछिल्लाे २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा मात्रै काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । नेपालमा काेराेना सङ्क्रमण दर घट्दै गएकाे छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख २२ हजार ६ सय ४० जनामा र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २७ हजार तीन सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा तीन हजार एक सय ३० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे सङ्ख्या पाँच लाख ५९ हजार नाै सय २८ पुगेकाे छ । अहिले नेपालमा काेराेना निकाे हुने दर ८९ दशमलव ९ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 

पछिल्लो २४ घण्टामा र यसअघिको विवरणसहित ४६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार सात सय ७२ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update