Sagun Khabar
चूडामणि शर्मासहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखकाे भ्रष्टाचार मुद्दा दायर
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका पदाधिकारीले कानुन विपरीत एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीले व्यक्तिगत लाभ हुने तथा राज्यलाई नोक्सानी पुर्‍याएको पुष्टि हुन आएकाले तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।   

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update