Sagun Khabar
सर्लाहीमा डोजर चालकद्वारा वडाध्यक्षको हत्या
स्वास्थ्य सन्देश
Atrya hospital

सर्लाही – सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन् । डोजर चालक हर्कबहादुर गोलेले डोजरको बकेटले हान्दा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक गोलेबीच विवाद भएपछि गोलेले वडाध्यक्ष श्रेष्ठमाथि बकेट प्रहार गरेका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । राति १० बजेतिरसँगै खाना खाएर डोजरले खनेको पोखरीतर्फ जाँदै गर्दा विवाद भएको र डोजर भएको ठाउँमा पुगेपछि चालकले श्रेष्ठको हत्या गरेका उनले बताए ।

श्रेष्ठलाई माटोले पुरिएको अवस्थामा भेटेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । घटनामा संलग्न ठेकेदार दाहाल र चालक गोलेलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update