Sagun Khabar
नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या ६ लाख नाघ्याे

काठमाण्डाै – नेपालका कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ६ लाख नाघेको छ । गएकाे २४ घण्टामा चार हजार १७ जना निकाे भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ६ लाख एक सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय काेराेना सङ्क्रमण निको हुनेहरू बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेर ३१ हजार तीन सय ६८ मा झरेको छ । अहिले निको हुने दर ९३ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार सात सय ६० जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ३० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ५७ र तीन हजार आठ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय तीन जनामा सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

Atrya hospital

यस्तै थप ३३ जनाको काेराेना सङ्क्रमणका कारण ज्यान गएको विवरण प्राप्त भएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय ४५ पुगेको छ ।

-उज्यालो अनलाइनबाट   

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update