बझाङको बुङ्गलका बेपत्ता  कर्मचारी मृत फेला  
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङको बुङ्गल नगरपालिकाको एक कर्मचारीको शव ६ दिनपछि फेला परेको छ। नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो।
बुङ्गल–३ विर्पैयाँका ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १०:१७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
