माइत हिँडेकी महिला बेपत्ता 
                        
                        
                                                
                                            
                                                                    माइत हिँडेकी एक महिला बेपत्ता भएकी छन् । बझाङ जिल्लाको मष्टा गाउँपालिका–५ घर भएकी मिना बुढा बेपत्ता भएकी हुन् । बुढा यही भदौ ७ गते बिहान ८ बजे तिर माइतीघर जान्छु भनेर घरबाट हिँडेकी थिइन् । .
उहाँ आजसम्म सम्पर्कमा नआएको र माइतीघरमा सम्पर्क गर्दा पनि नभेटाएको पारिवारिक स्रोतले जनाएको छ । उनी बेपत्ता हुँदा घरमा रहेका ४ जना बालबालिकाको बिचल्ली भएको छ ।
यदि कसैले उनलाई भेटे वा देखेमा नजिकैको प्रहरीमा सम्पर्क गरिदिन आफन्तहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:४५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
