Sagun Khabar
कोठामा आगो बालेर सुतेका सासु बुहारीको निस्सासिएर मृत्यु  
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । कोठामा आगो बालेर सुतेका  जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ का दुई जनाको मृत्यु हो ।

वडा नम्बर १ कि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । उनका अनुसार मृतक दुबै सासू बुहारी हुन् । कोठामा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका कारणले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update