Sagun Khabar
बैतडीका ५ बर्षीय पारसलाई उपचारमा आर्थिक अभाव, सहयोगका लागि अपिल

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ श्रीखण्डका पाँच बर्षीय बालक पारस भाटको उपचारमा आर्थिक अभाव भएको छ । जन्मैदेखि नसा मोडिएपछि कमरमा समस्या भएका पारसको उपचारमा आर्थिक अभाव भएको हो । उनको नसा मोडिएको कमरमा मासुको डल्लो भएको छ । 

पारसको उपचारका लागि भारतका विभिन्न अस्पतालमा पुर्याएको र निको नभएकाले अहिले आर्थिक समस्या भएको उनका बुवा विरेन्द्र भाटले बताए । छोराको उपचारका लागि आफूसंग भएको पैसाले नपुग्ने भएपछि सहयोगका लागि अपिल गरिएको उनले बताए । उनले भने ‘मैले छोराको उपचारका लागि आफूसंग भएको पैसा खर्च गरिसकेको छु । थप उपचारका लागि आर्थिक अभाव भएको छ ।’

Atrya hospital

आफूले जन्मदिएको छोराको उपचारमा आर्थिक अभाव हुँदा उनकी आमा कलावती भाटलाई अहिले निकै चिन्ताले सताइको छ । पारसको सरकारी अस्पतालमा उपचार सम्भव नभएको र निजी अस्पतालमा लैजान आर्थिक अभाव रहेको उनले सुनाइन् । पारसको उपचारका लागि १२ लाख रुपैयाँ लाग्ने बताइएको छ । 

छोराको उपचारमा सहयोग गरिदिन भाट दम्पतीले सबैलाई आग्रह समेत गरेका छन् । पारसको उपचारका लागि सहयोग अभियान सञ्चालन भइरहेको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले बताए । 

पारस भाटको उपचारमा सहयोग गर्न चहाने महानुभावहरुले राष्ट्रिय वाणिज्य बैंक बैतडीमा विरेन्द्रसिंह भाटको नाममा रहेको खाता नम्बर ४०२०१००१०१९०००१० मा जमा गर्न सक्ने बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update