Sagun Khabar
पाटनमा नगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी – बैतडीको पाटन नगरपालिकामा नगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । पाटन नगरपालिका वडा नम्बर ४ को वडा स्तरीय युवा क्लबको आयोजनामा नगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने पाटन नगरपालिका वडा नम्बर ४ को वडा स्तरीय युवा क्लबका अध्यक्ष अम्मर भट्टले बताए । नगरपालिकामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि यो प्रतियोगिता आयोजना गरिने उनले बताए । 

उक्त भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र , द्वितीय हुनेले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, बेस्ट स्पाइकरले नगद १ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र  प्रदान गरिने छ । यस्तै  उदयमान खेलाडी लाई नगद १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने भएको छ । 

टिम दर्ता शुल्क रु २ हजार रहेको र टिम दर्ता गर्न आउदा खेलाडीहरुको नागरिकताको प्रतिलिपीका साथै वडा स्तरीय युवा क्लब वा नगर युवा संजालको सिफारिस अनिवार्य गरिएको आयोजकले जनाएको छ । नगरपालिकाको दश वटै वडा बाट खेल समुहले सहभागिता जनाउने भएकाले खेल तम्घासमा चल्ने क्लबका अध्यक्ष अम्मर भट्टले बताए । भलिबल प्रतियोगिता यहि फागुन २३ हुने भनिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update